चितवन । भरतपुर कारागरका एक कैदिको मृत्यु भएको छ । भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमद्को मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काफ्लेले बताए ।
क्यान्सर पीडित जफरको गएराति साढे १२ बजे मृत्यु भएको हो । उनी उपचारका लागि काठमाडौंबाट कार्तिक ९ गते भरतपुर आएका थिए ।
उनलाई मानव बेचबिखनको आरोपमा १० वर्ष कैद र ५० हजार जरिवाना सजाय तोकिएको थियो । २०७३ साउन १५ गते पक्राउ परेका उनी २०८७ साउन १५ गत्ते सजाय भुक्तान गरी छुट्ने थिए ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु