चितवन । भरतपुर कारागरका एक कैदिको मृत्यु भएको छ । भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमद्को मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काफ्लेले बताए ।
क्यान्सर पीडित जफरको गएराति साढे १२ बजे मृत्यु भएको हो । उनी उपचारका लागि काठमाडौंबाट कार्तिक ९ गते भरतपुर आएका थिए ।
उनलाई मानव बेचबिखनको आरोपमा १० वर्ष कैद र ५० हजार जरिवाना सजाय तोकिएको थियो । २०७३ साउन १५ गते पक्राउ परेका उनी २०८७ साउन १५ गत्ते सजाय भुक्तान गरी छुट्ने थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु