काठमाडौँ । उपत्यकामा महानगरीय ट्राफिक प्रहरी कार्यालयले पुसदेखि शुरु गरेको अभियानमा २० हजार चालक कारवाहमिा परेका छन् । उत्तः अबधीमा ८१ हजार सर्वसािधारण तथा चालकहरुलाई ट्राफिक सचेतना प्रशिक्षण दिइएको छ । महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि यस कार्यक्रमहरु शुरु गरिएको हो ।
जसअन्तर्गत ४५ हजार १४७ पैदलयात्री, १५ हजार ६४८ जना मोटरसाइकल चालक, ६१२ जना निजि सवारी चालक, ११ हजार ८०३ जना सार्वजनिक भाडाका सवारी चालक र सहचालक, ९०० जना संघ संस्थाका सवारी चालक र ७ हजार १०४ जना विद्यालय र कलेजका विद्यार्थीहरू, ५७ सरकारी सवारी चालक गरी जम्मा ८१ हजार २८९ जनालाई सचेतना प्रदान गरिएको छ ।
यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरुलाई पुस १ गते देखि नै ३ महिने बिशेष मोवाईल कारबाही अभियान थालिएकोमा २० हजार कारवाहीमा परेका छन् ।
जसअन्तर्गत सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवत जावतमा अवरोध हुने गरी पार्किङ गर्ने ४ हजार २१८, जथाभवी सवारी मोड्ने १ हजार ८०, ढोका खुल्ला ३ हजार ८०६, एकतर्फी (वान वे) मा चलाउने ८४१, जथाभावी हर्न बजाउने ८०८, लेन अनुशासन पालना नगर्ने ७९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ३ हजार ५६६ र अन्य ६ हजार ३४२ गरी जम्मा २० हजार ४३३ सवारी चालकहरूलाई कारवाही गरिएको महाशाखाले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ माघ २०७६, २१ : १२
लेखकबाट थप