चितवन । रामपुरमा धुर्मुस–सुन्तली फाउण्डेशनले जनताको सहयोगमा निर्माण गर्ने लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा आज सम्म ३५ करोड सहयोग संकलन भएको छ । हरेक दिन दाताहरुले महायज्ञमा पुगेर करोडौँ सहयोग गरीरहेका छन ।
पहिलो पल्ट ३ करोड सहयोग आएको थियो भने त्यसपछि सहयोगी दाताहरुको संख्या बढ्दै जाँदा सहयोग पनि बढ्दै गएको छ । अर्को दिन ५ करोड, त्यसपछि ९ करोड संकलन भएको थियो भने शनिबार एकै दिन १५ करोड संकलन भएको थियो ।
एकै दिन ५ करोड
महायज्ञ मुल समारोह समितिका अनुसार आइतवार एकै दिन ५ करोड सहयोग संकलन भएको छ । व्यक्तीगततर्फ अहिलेसम्मकै सवैभन्दा ठुलो सहयोग बामदेव गौलीले १ करोड १२ लाख बराबरको जग्गा दान गरेको समितिका सहकोषाध्यक्ष नवराज सापकोटाले बताए । यस्तै विजय हाउजीङ ग्रुपले १२ लाख ६८ हजारको जग्गा दान गरेको छ ।
रत्ननगर नगरपालिकाले १७ लाख, कालिका नगरपालिकाले १५ लाख ५५ हजार ५५५, सुरेन्द्र पाठक १५ लाख, अण्डा उत्पादक संघ केन्द्रिय कार्यलयले १० लाख ११ हजार १११, एपोलो पेन्टसले ७ लाख ५० हजार, वोष्टन कलेजले ५ लाख, कृष्ण आचार्य ५ लाख, सितल चन्द्र ढकाल ५ १११११, प्लाष्टिक व्यवसायी संघ ३०१०५५, राष्ट्रिय वाणिज्य वंक ५ लाख, मेघौली उपभोक्ता समुह ३ लाख, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन ३३३३३३ रुपैँया सहयोग गरेका छन ।
भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको रंगशाला निर्माणका लागी माघ १९ देखि धनधान्याचल महोत्सव जारी छ । ५० करोड संकलन गर्ने लक्ष्यका साथ सुरु भएका महोत्सव भोली एक कार्यक्रमका विच समापन गरीने मुल समारोह समितिका संयोजक एंवम सांसद विजय सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ माघ २०७६, १९ : ५६
लेखकबाट थप