भीआईपीलाई ठगी मुद्दा लगाउन सीआइबी तयारी अवस्थामा

पत्रपत्रिकाबाट

आइतबार, २६ माघ २०७६, ०८ : १९
भीआईपीलाई ठगी मुद्दा लगाउन सीआइबी तयारी अवस्थामा

काठमाडौं । ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार ललिता निवास जग्गा प्रकरणको विषयमा सीआईबीले गरेको अनुसन्धानबारे आइतबार साँझसम्म निर्णय गर्ने तयारी गरिएको छ ।  त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी आरोपमा सजाय माग गर्दै दोषीमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ । 

गृहले केहि दिन देखि अध्ययन गरिरहेको यो विषयलाई आइतबार नै अन्तिम टुंगो लगाउने तयारी गरिएको उच्च स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा खबर छ ।