राँझा । नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकजनाको मृत्यु भएको छ ।
कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले दुर्घटनामा गम्भीर घाइते बाँके बैजनाथ गाउँपालिका–२ निवासी चौधरीको शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा जीपका सहचालक मनोज चौधरी सहित अन्य छ जना सामान्य घाइते भएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु
मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु