एमसिसी सम्झौता खारेजको माग गर्दै विरोध

शुक्रबार, २४ माघ २०७६, २२ : ५०
एमसिसी सम्झौता खारेजको माग गर्दै विरोध

कैलाली । एमसिसी सम्झौता खारेजको माग गर्दै सुदुरपश्चिम प्रदेशका ९ राजनितीक दलले विरोध प्रर्दशन गरेका छन ।

सरकारले अमेरिकासंग गरिएको एमसिसी अनुदान सम्झौता सम्वन्धी विधेयक खारेजीको मा गर्दै आज सुदुर पश्चिम प्रदेशका ९ राजनितीक दलले विरोध प्रर्दशन गरेका हुन ।

साथै भारतले नक्सा जारी गर्दा समेत सरकार मौन वसेकोे र राष्ट्घाती एमसिसी विधेयक ल्याउन खाजेको भन्दै विरोध गरिएको राष्ट्रिय जनमोर्चा पार्टी सुदूरपश्चिमका अध्यक्ष नन्दराज भट्टले बताए ।

विरोध प्रर्दशन गर्ने पार्टीमा नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा पार्टी, नेकपामाले, नेकपा माओवादी केन्द्र, जन समाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद् राष्ट्रिय जनमोर्चा संयुक्त लगाएतले धनगढीको क्यामस चोकदेखी विरोध ¥याली निकाल्दै पार्क मोडमा कोण सभा गरेको थियो।

प्रतिक्रिया दिनुहोस