‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबै एकजुट भएर लाग्नुपर्छ’ : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २४ माघ २०७६, २१ : १६
‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबै एकजुट भएर लाग्नुपर्छ’ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुर सबै क्षेत्रमा फड्को मारिरहेपनि स्वास्थ्यसंगै शिक्षा क्षेत्रलाई मुख्य हबको रुपमा विकास गर्ने बताउनुभएको छ । आज चितवनको नेपाल पुलिस स्कूल शान्तिपुरको प्रथम वार्षिकोत्सबको उदघाटन गर्दै उहाँले स्थानिय स्तरमा सामुदायिक विद्यालयको विश्वसनियता माथि प्रश्नचिन्ह उठ्न गरेकाले सामुदायिक विद्यालयको वातावरण विश्वसनिय बनाउन आग्रह गर्नुभयो । उहाँले स्थानीय स्तरमा सबैले पढ्न पाउने गरि योजना तयार गर्न विद्यालयलाई सुझाव दिनुभयो ।  

विद्यालयहरुको इतिहास स्मरण गर्दै मेयर दाहालले सबैको पहुंच पुग्ने गरि छिट्टै खुल्ला विश्वविद्यालय बनाउने गरी तयारी भइरहेको उल्लेख गर्नुभयो ।  भरतपुर क्षेत्रलाई शैक्षिक हवको रूपमा विकास गर्ने गरी काम अघि बढेकोले सबैले यसमा सहयोग गर्नुपर्ने उहाँले भनाई थियो ।  जनचाहना अनुसार काम भइरहेको भन्दै मेयर दाहालले अबको दुई वर्षमा भरतपुरको मुहार नै फेरिने दावी गर्नुभयो । कार्यक्रममा यसअघिका विद्यालयका पूर्वअध्यक्षहरु हरिश्चन्द्र दाहाल, चेतनाथ न्यौपाने, धर्मनाथ न्यौपाने, हरि प्रसाद आचार्य लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै पूर्वअध्यक्ष हरिश्चन्द्र दाहालले विद्यालयमा सबै जनताको पहुँच कायम गर्न अक्षयकोष स्थापना गर्नपर्नेमा जोड दिए । उनले विद्यालयमा सबैको पहुँच पुग्ने गरि पढ्ने वातावरण बनाउन अक्षय कोषको आवश्यकता रहेकाले त्यस तर्फ विद्यालयले ध्यान दिन आग्रह गरे । वार्षिकोत्स तथा अभिभावक दिवश कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । सोही अवसरमा विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकसंगै विद्यार्थीहरूलाई सम्मान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस