चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा आज शुक्रबार एकैदिन ९ करोड संकलन भएको छ । मुलआयोजक समिति संयोजक विजय सेवेदीले एकैदिन ९ करोड संकलन भएको जानकारी दिए । आज ७ करोड ११ लाख सहयोग घोषणा भएको र बाँकी नगद प्राप्त भएको उनले बताए ।
रंगशाला निर्माणकालागि बाग्मती प्रदेश सरकारले ५ करोड दिने घोषणा गरेको छ । धनधान्यान्चल स्थलमै पुगेर बागती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुललाले प्रदेश सरकारको तर्फबाट ५ करोड सहयोग घोषणा गरेका हुन् ।
चितवन मेडिकल कलेजले निर्माणाधिन रंगशालामा ५० लाख बराबरको मेडिकल सेन्टर भवन निर्माण गरिदिने घोषणा गरेको छ । धनधान्यान्चल महोत्सव स्थलमा पुगेर मेडिकल कलेजका अध्यक्ष एव प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले उक्त घोषणा गरेका हुन् ।
यस्तै सीएमसीले रंगशाला निर्माणका लागि नगद १० लाख रुपैयाँ सहयोग पनि गरेको छ । नवलपुरको गैडाकोट नगरपालिकाले १ करोड बराबरको सालको काठ दिने घोषणा गरेको छ । नगरप्रमुख छत्रराज पौडेलले सो घोषणा गरेका हुन् । रबिना क्न्ट्क्सन प्रा लि का अध्यक्ष रामगोपाल श्रेष्ठ द्वारा ८ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
यसैबीच सफल खबर डट कमका प्रधान सम्पादक सुरेशचन्द्र अधिकारीले दुई लाख ५१ हजार १११ रुपैयाँ दिने घोषणा गरेका छन् । शुक्रबार नै भरतपुरका बिभिन्न टोल सुधार समितिहरुले ५२ लाख नगद सहयोग गरेका छन् । यस्तै एनपिआईले २१ लाख ११ हजार एक सय ११ सहयोग घोषणा गरेको छ । नेपाली शैक्षिक महासंघ भरतपुरले १३ लाख ६१ हजार ८ सय १९ नगद सहयोग गरेको छ ।
प्रेस संगठन चितवनका सदस्य समेत रहेका चलचित्र पत्रकार रवि अधिकारीले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल भइरहेको छ । करिब ३ अर्ब लागतमा २ बर्षभित्र रंगशाला निर्माण सम्पन्न हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ माघ २०७६, २० : २६
लेखकबाट थप