अख्तियारमा धर्ना दिन पुगेका  साझा पार्टीका नेता कार्यकर्ता पक्राउ

शुक्रबार, २४ माघ २०७६, १२ : ३६
अख्तियारमा धर्ना दिन पुगेका  साझा पार्टीका नेता कार्यकर्ता पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  

ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै उनीहरु बिहीबार आयोगको कार्यालय सामुन्ने घोषित कार्यक्रम अनुसार विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सिठी जुलुस सहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो ।

टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको थियो । सो क्रममा साझा पार्टीका एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मुद्दा दायर गरिएको साझा पार्टीको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस