(एजेन्सी) । अमेरिकी सिनेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको सुनवाइमा सफाइ दिएको छ । योसँगै उनलाई ह्वाइट हाउसबाट निकाल्ने अभियान टरेको छ ।
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले बुधबार ट्रम्प माथि लागेको सत्ता दुरुपयोगको आरोप ५२–४८ भोटले खारेज गरेको थियो भने ५३–४७ भोटले कँग्रेस अवरुद्ध गरेको आरोप पनि खारेज गरेको थियो ।
डेमोक्रेटिक सांसदले आगामी राष्ट्रपति चुनावमा आफ्नो सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्न युक्रेनमाथि दबाब दिएको ट्रम्पमाथि आरोप लगाएका थिए । यही वर्षको नोभेम्बरमा अमेरिकीमा राष्ट्रपति पदका लागि चुनाव हुँदैछ ।
महाभियोगको सामना गरेपछि पनि चुनाव लड्न लागेका ट्रम्प राष्ट्रपतिका पहिलो उम्मेदवार हुन् । बुधबार भएको मतदानमा सिनेटले राष्ट्रपति ट्रम्पलाई पदबाट नहटाउने निर्णय लिएको छ । उनीमाथि युक्रेनसँगको सम्बन्धमा आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लागेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ माघ २०७६, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ