बेलायती राजदुत निकोला नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न पुगे खुमलटार

सफल खबर संवाददाता

विहीबार, २३ माघ २०७६, १० : ०१
बेलायती राजदुत निकोला नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न पुगे खुमलटार

काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  

खुमलटार स्थित प्रचण्ड निवासमा  आज बिहान भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो । भेटमा अध्यक्ष दाहाललले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’ भेटका अवसरमा उहाँले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेकोले नेपालको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहने उल्लेख गर्नुभयो ।

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गर्नुभएको थियो । उहाँले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस