काठमाडौं । पद र पावरमा खेल्न सक्ने नेता हुन् काँग्रेस उपसभापति विजयकुमार गच्छेदार । पटक–पटक मन्त्री बनेर रेकर्ड बनाएका गच्छेदारको राजनीतिक यात्रामा यो पटक भने धक्का लागेको छ । कारण उनी ललिता निवास घोटाला प्रकरणमा दोषी रहेको भन्दै अख्तियारले उनलाई मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले उनलाई अदालतमा मुद्दा दर्ता गराएको हो । उनी सहित १७५ जनामाथी अख्तियारले ललिता निवास प्रकरणमा मुद्धा चलाएको छ । मुद्दा चलेसँगै उनको संसद पद निलम्वनमा परेको छ । राजनीतिक जीवनयात्राका क्रममा १३ पटक उनी मन्त्री बनिसकेका थिए । अहिले पनि उनी प्रतिपक्षी काँग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता थिए ।
प्रभावशाली नेता गच्छेदार आफनो लाभहानी हेरेर राजनीतिक गोटी चाल्ने गर्दथे । यो पटक ललिता निवास प्रकरणमा मुद्दा चल्ने भएपछि उनी निक्कै हतोत्साही थिए । शारादाप्रसाद त्रितालले ललिता निवास प्रकरणमा उनी सहित दोषी रहेको प्रतिवेदन सरकारलाई दिदैं गर्दा गच्छेदार नयाँ दिल्लीमा थिए । त्यसवेला उनी दिल्ली भागेको आरोप लाग्न थालेपछि उनी काठमाडौं फर्केका थिए ।
त्रिभुवन विमास्थलमा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, यो प्रकरणमा आफ्नो संग्लनता नै छैन् । तर भित्रभित्र उनी यो केसवाट आफु उम्किने दाउ खोजिरहेकै थिए । जब बुधबार अख्तियारले ललिता निवास प्रकरणको मुद्दा अदालतमा दर्ता गराउने योजना बनायो । तब गच्छेदार बिहानै देखि राजनीतिक भेटघाटमा लागेका थिए ।
बुधबार बिहानै पार्टी सभापति शेरबहादुर देउवासँग उनकै निवास वुढानिलकण्ठमा भेट गर्न पुगेका उनले देउवासँग यो मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गर्न खोजिएको भन्दै कडा रुपमा पार्टी प्रस्तुत हुुनुपर्ने र सकभर सरकारसँग कुरा गरेर मिलाउनु पर्ने बताएका थिए । त्यहीबाट देउवा र प्रधानमन्त्रीको टेलिफोन वार्ता लाभ गराउन पनि उनले लगाएका थिए ।
त्यसपछि उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे । बिहान उनले प्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता गरे । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गच्छेदारले बुधबार प्रधानमन्त्री देखि देउवासम्मलाई भेट गरेको पुष्टि गरे । ‘उहाँले प्रधानमन्त्री र पार्टी सभापतिसँग बुधबार भेट गर्नुभएको देखिन्छ, तर कुन प्रयोजनका भेट थिए, त्यो चाही जानकारी छैन्,’ प्रवक्ता शर्माले भने ।
प्रधानमन्त्रीलाई भेटीसकेपछि पनि पूनः गच्छेदार सभापति देउवालाई भेट्न वुढानिलकण्ठमा पुगेका थिए । अख्तियारले अदालतमा मुद्धा दर्ता गर्दैगर्दा गच्छेदार सभापति देउवाकै निवासमा थिए । ‘उहाँको अदालतमा अख्तियारमा मुद्दा दर्ता हुंदै गर्दा पार्टी सभापतिसँग बुढानिलकण्ठमा छलफलमा हुनुहुन्थ्यो,’गच्छेदारको नीजि सचिवालय स्रोतले भन्यो,–‘बिहान पार्टी सभापतिसँग भेट गरेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको उहाँ (गच्छेदार) अपरान्ह ४ देखि ६ बजेसम्म पुनः वुढानिलकन्ठमा पार्टी सभापतिसँगको भेटघाटमा हुनुहुन्थ्यो ।’
उनको निजी सचिवालयले भन्यो,– सायद उहाँहरुबीच यही अख्तियारको मुद्दाकै विषयमा छलफल भएको हुनसक्छ । काँग्रेसमा कुनै जमाना ‘केजिवि’ समुह निक्कै प्रभवशाली मानिन्थ्यो । त्यसमध्येका तीन जना सदस्यलाई भ्रष्टाचारको मुद्धा लागेको छ । केजिवि अर्थात खुमवहादुर खड्का, चिरन्जीवी वाग्ले र विजयकुमार गच्छेदार । यी तीनै नेतालाई भ्रष्टाचारको मुद्दा लागेको छ । खडका भने दिवंगत भईसकेका छन् ।
अख्तियारकै मुद्दामा खुमबहादुर जेल बसे, गोविन्दराजको मुद्दा सर्वोच्चमा छ भने गच्छदारविरुद्ध पनि मुद्दा दायर भएको छ । गच्छदारविरुद्धको यो मुद्दा साबित भएमा उनी १३ वर्षसम्म जेल बस्नुपर्नेछ । १९ माघ २०१० मा सुनसरीमा जन्मिएका गच्छेदारले २०२६ सालबाट काँंग्रेसको राजनीति सुरु गरेका थिए । काँंग्रेसबाटै पटकपटक मन्त्री हुने मौका पाएका उनी ०६४ मा काँंग्रेस छोडेर मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए । ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा जानका लागि गच्छदारले पार्टी फुटाएर फोरम लोकतान्त्रिक गठन गरे ।
त्यही सरकारमा भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा लिएका उनी त्यसबेला ललिता निवास प्रकरणमा जोडिन पुगेका थिए । उनी पछि फोरम कमजोर बन्दै जान थालेपछि र नेपालका दुइ कम्युनिष्ट पार्टीले चुनावी गठबन्धन देखि पार्टी एकतासम्मको रोडम्याप कोरेपछि ०७४ असोजमा कांँग्रेस प्रवेश गरेका थिए । त्यसको एक वर्षपछि उपसभापतिमा मनोनीत भए । उनी काँंग्रेस संसदीय दलका उपनेता पनि छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, ०९ : ३४
लेखकबाट थप