लखनउ । भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो ।
मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो । लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो ।
बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको हत्या भएको हो ।
विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बोटोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गोली प्रहार गरेको बताइन्छ । कारको सिसा छेडेर गोली छिरेको थियो ।
गोली प्रहार गरेलगत्तै हमलाकारीहरु मोटरसाइकलसहित फरार भएको बताइएको छ ।
प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुमितको टाउकोमा गोली लागेको थियो । घटनालगत्तै सुमितलाई टीकरगढस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले सो क्षेत्रमा राति नै नाकाबन्दी गरेर चेकजाँच गरे पनि हत्यामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । गोली कसले चलाएको हो र किन हत्या ग¥यो भन्ने प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ माघ २०७६, १८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अंश विवादमा देवरद्वारा भाउजूको हत्या
भोजपुरमा ४ जनाको सामूहिक हत्या
बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
ज्वाइँले गरे ससुराको हत्या
८० वर्षीया वृद्धाको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ