काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमानसँग नेपाल १८ रनले पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । सोही लक्ष्य पछ्याउने क्रममा नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।
नेपालको लागि शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् ।
यस अघि बलिङतर्फ नेपालका सुशन भारी किफायती साबित भए । उनले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए । ‘विकेट टेकर’का रुपमा करण केसी प्रभावशाली रहे । उनले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।
सिरिजको पहिलो खेलमै पराजित भएपछि नेपाल विश्वकप लिग २ मा अंकविहिन छ । जितपछि ओमानले भने १० अंक जोडेको छ । सिरिज अन्तर्गत नेपालले अर्को खेल अमेरिकासँग खेल्नेछ । बिहीवार अमरिका र ओमनबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ माघ २०७६, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि