दिवसले काइदा सेल्फी खिचेर जिते पुरस्कार

बुधबार, २२ माघ २०७६, १५ : ४९
दिवसले काइदा सेल्फी खिचेर जिते पुरस्कार

काठमाडौँ । चलचित्र ‘सेल्फी किङ्ग’ निर्माणपक्षले माघ ५ गतेदेखि ‘हाम्रो सेल्फी किङ्ग’ प्रतियोगीता आयोजना गरेको थियो 

ह्यूमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्वीर खिचेर पठाउन निर्माणपक्षले दर्शकसँग आग्रह गरेको थियो ।प्रतियोगीतामा सहभागी दिवस पोखरेलको सेल्फीले पुरस्कार जितेको छ । अब, दिवसले ३ महिनाका लागि अभिनयको कोर्स लिन पाउनेछन् ।

दिवसले निर्देशक अनुप बरालको एक्टर्स स्टूडियोमा ३ महिनाका लागि अभिनयको कोर्स लिन पाउने छन् । अन्य १० जनाले भने प्रिमियरको पास समेत पाएका छन् । इटहरीका दिवसले अभिनय सिक्ने आफ्नो चाहना चलचित्रले पुरा गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

सेल्फी किङ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रमा नायक विपिन कार्की र नायिका लक्ष्मी वर्देवाको मुख्य भूमिका छ । विपिनको गेटअपले दर्शकमा उत्साह थपिरहेको छ ।

विशाल सापकोटा निर्देशित यो चलचित्रलाई दिनेश राउत र सुभाष थापाले मिलेर बनाएका हुन् । एउटा टेलिभिजन कलाकारको ३ दिने यात्राको कथामा यो चलचित्र बनेको छ । 

 

प्रतिक्रिया दिनुहोस