काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमनले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो ।
ओमानका लागि मोहम्मद नदीमले अद्र्धशतकीय पारी खेलेका थिए । उनले ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए ।
बलिङतर्फ नेपालका सुशन भारी किफायती साबित भए । उनले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए । ‘विकेट टेकर’का रुपमा करण केसी प्रभावशाली रहे । उनले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।
पुरै १० ओभर बलिङ गरेका सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । उनले ४५ रन खर्चिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ माघ २०७६, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास