नेपाल–चाइना हवाई उडान बन्द हुने

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, १८ : २५
नेपाल–चाइना हवाई उडान बन्द हुने

काठमाडौं । केहि दिनयता चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपाल–चाइना हवाई उडान बन्द हुने भएको छ । सतर्कताका लागि भन्दै एयरलाइन्स कम्पनीहरुले अन्तरदेशीय उडान स्थगित गर्न लागेका हुन् । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल–चीन दैनिक उडान भर्दै आएका हिमालयन एयरलाइन्ससहित चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गरिसकेका छन् । त्यस्तै दुई कम्पनीहरुले पनि आफ्नो उडान केहि समयको लागि स्थगित गर्ने जनाइसकेका छन् । 

उनका अनुसार चीनबाट नेपाल दैनिक उडान भर्दै आएका एयर चाइना, टिवेटियन एयर, सिचुवान एयर र तिब्बत एयरलाइन्सले आफ्नो उडान बन्द गरिसकेका छन् भने, ‘चाइना साउदन एयरले बिहानको उडान बन्द गरिसकेको र बेलुकाको उडान मात्र अहिले जारी राखेका छन् । उनकाअनुसार केहिले हिजो देखि र केहिले आज र भोलिदेखि उडान स्थगित गर्दै छन् ।