सुनको मूल्य फेरि बढ्यो, तोलामा ७६ हजार ५०० रुपैयाँ

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १५ : ३२
सुनको मूल्य फेरि बढ्यो, तोलामा ७६ हजार ५०० रुपैयाँ

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा आइतबार सुन ५०० रुपैयाँले बढेको हो । शुक्रबार सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै तेजावी सुन तोलामा ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ८९५ रुपैयाँमा कारोबार भएको छ । यसअघि चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस