बलात्कारको आरोप लागेका एसएसपी राणा आफैँ पुगे प्रहरीमा

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १४ : २७
बलात्कारको आरोप लागेका एसएसपी राणा आफैँ पुगे प्रहरीमा

काठमाडौं । बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणा आफैँ प्रहरी कार्यालयमा उपस्थिति भएका छन् । 

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरी प्रहरी जानकारी दिएको छ । 
राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको बेला राणा आफैँ प्रहरीमा पुगेका थिए । 

इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस