रामकृष्ण ढकालको गीत ‘आकसकी चरी’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, १८ माघ २०७६, १२ : ४८
रामकृष्ण ढकालको गीत ‘आकसकी चरी’ सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत  ‘आकसकी चरी’ सार्वजनिक भएको छ । 

चिरञ्जिवी भट्टको शब्द रचना रहेको गीतमा संगीत ज्योती प्रकाशले भरेका छन् । स्वर रामकृष्ण ढकालको छ । 

जिज्दगीका आरोह अवरोहमा आउने दुःखलाई समेटेको गीतले सन्तान गुमाउने बुबाआमाको छटपटीलाई मुखरित गरेको छ । 

म्युजिक भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र खुसी कट्टेल फिचर्ड छन् । गोविन्द अन्जानले खिचेको भिडियो निर्देशन सुमन बैरागीले गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस