काठमाडौं । बेलायत औपचारिक रुपमै युरोपियन युनियन (ईयु)बाट बाहिरिएको छ । शुक्रबार रातिदेखि बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा आलग भएसँगै युरोपियन युनियनको सदस्यताबाट समेत पूर्णरुपमा बाहिरिएको छ ।
अलग भएसँगै अब एघार महिना अर्थात ३१ डिसेम्बर २०२० सम्म संक्रमणकालिन अवधिको रुपमा रहनेछ ।
अलग्गिएको दिनलाई बेलायतवासीहरुले ठूलो उत्सवका रुपमा हर्षोल्लासकासाथ मनाएका छन् । संसद भवनबाहिर भव्य कार्यक्रम आयोजना गरियो जहाँ हजारौं सहभागी थिए । दिनभर ब्रेक्जिट पक्षधरहरु झण्डा बोकेर नारा लगाइरहेका थिए ।
प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतवासीका नाममा विशेष सम्बोधन गर्दै अब नयाँ बिहानी शुरु भएको बताएका छन् ।
ब्रेक्जिटलाई लक्षित गर्दै शुक्रबारबाट ‘शान्ति, समृद्धि र सबै राष्ट्रहरुसंग मित्रता’ पदावली उल्लेख भएको ५० पेन्सका तीस लाख ब्रेक्जिट स्मारक सिक्का निष्कासन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ माघ २०७६, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित