हिउँदे वर्षातले तरकारीमा क्षति

शुक्रबार, १७ माघ २०७६, १० : १६
हिउँदे वर्षातले तरकारीमा क्षति

सांकेतिक तस्बिर ।

नेपालगञ्ज । पटक पटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ । जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले बताए ।

उनले तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको बताए । यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । ती मध्ये आलु २ हजार ८ सय, गोलभेँडा १ हजार ५ सय, काउली तथा बन्दा ५ सय र खुर्सानी तथा अन्य सागसब्जी ५ सय हेक्टरमा खेती हुने गरेको छ ।

हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभेँडा खेतीमा क्षति भएको छ । उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति भएको छ । खाल्डो जग्गामा लगाएको तरकारीमा पानी जमेर सबै तरकारी बाली नष्ट भएको छ ।  उँचो ठाउँमा लगाएको तरकारीमा केही कम क्षति भएको करमोहना गाउँका किसान जगतराम काँदुले बताए । 

किसानले लगाएको तरकारीबालीमा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने नेपालगञ्ज–१२ बेलासपुर करमोहना स्मार्ट कृषिगाउँका कार्यवाहक अध्यक्ष सन्तकुमार बर्माले माग गरेका छन् । बाँकेका आठवटै स्थानीय तहका किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । किसानको क्षतिपूर्ति बढी भएकाले कृषि ज्ञान केन्द्रले अहिले किसानको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ । 

यसैबिच बाँके जिल्लामा लागुऔषधको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध सेवन र कारोवारको घटना यस वर्ष १३ प्रतिशतले घटेको हो । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण घटनाको प्रतिशतमा कमी आएको हो ।

जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुवैतर्पmबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो । खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने गरेको छ ।

नेपालबाट गाँजा र चरेशलगायतको लागुऔषध भारतमा जाने गरेको छ । विशेषतः सीमानाकामा दुवै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको प्रहरी निरीक्षक थापाले बताए । । तथापि, यसका सेवनकर्ता र कारोवारीले शरीरको गुप्ताङ, मुखलगायत विभिन्न स्थानमा लागुऔषध लुकाएर ल्याउने गरेको प्रहरीको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस