‘सेन्टी भाइरस’ को नाफाको आधा रकम क्रिक्रेट रंगशालालाई : धुर्मुस

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, १६ : ४९
‘सेन्टी भाइरस’ को नाफाको आधा रकम क्रिक्रेट रंगशालालाई : धुर्मुस

काठमाडौं । अभिनेता सीताराम कट्टेल (धुर्मुस) र अभिनेत्री कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र  ‘सेन्टी भाइरस’ को नाफाको आधा रकम ‘गौतमबुद्ध क्रिक्रेट रंगशाला’को निर्माणमा खर्च हुने भएको छ ।

बुधबार काठमाडौँमा चलचित्र सेन्टी भाइरसको ट्रेलर रिलिजका क्रममा बोल्दै धुर्मुसले सो जानकारी दिएका हुन ।

धुर्मुसका अनुसार फिल्ममा अरूको पनि लगानी रहेको छ । जसमध्येबाट आफू र कुञ्जनाको सेयरअन्तर्गत कुल नाफाको आधा रकम रंगशालामा खर्च गर्न लागिएको अभिनेता धुर्मुसले बताए ।

धुर्मुससुन्तली फाउण्डेशनले जनताको सहयोगमा चितवनको रामपुरमा सो रंगशाला निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस