काठमाडौँ । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो ।
आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उहाँ हाल अस्ट्रेलिया पुगेकी छिन् । लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन्।
पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपियाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उनी पनि अहिले अमेरिका पुगेकी छिन् । यी दुई उदाहरण मात्र हुन् । समाजमा निक्कै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ विदेश पलायन भएका छन् ।
नेपाली विशेषगरी नर्सहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, कुवेत, साउदी लगायतका देशमा कार्यरत छन् । नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्राध्यापक कल्पना श्रेष्ठले नेपालमा नर्सहरूलाई अवसरको खाँचो रहेको बताइन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १५ माघ २०७६, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी