सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, १८ : १४
सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चले मंगलबार सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोगमा सापकोटसहित माओवादी नेता कार्यकर्ताविरुद्ध उनकी श्रीमती पूर्णीमायाले उजुरी दिएकी थिइन् । यसमा अनुसन्धान गर्न यसअघि सर्वोच्चले दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र पक्राउ गरी अनुसन्धान अगाडि बढाउन अन्तरिम आदेश माग गरिएको थियो ।

यो पनि
सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सभामुख अग्नि सापकोटा विरुद्ध मुद्दा हाल्ने दिनेश त्रिपाठी को हुन् ?

प्रतिक्रिया दिनुहोस