सभामुख अग्नि सापकोटा विरुद्ध मुद्दा हाल्ने दिनेश त्रिपाठी को हुन् ?

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, १२ : ०५
सभामुख अग्नि सापकोटा विरुद्ध मुद्दा हाल्ने दिनेश त्रिपाठी को हुन् ?

काठमाडौं । १० वर्षे जनयुद्द गरेको पार्टी तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएको अझै केही मान्छेहरुलाई पचेको छैन । युद्धलाई खेतीपाती ठान्ने र देशभित्र अशान्ती मच्चाएर त्यसैमा आफनो दूनो सोझ्याउने ब्यक्तिहरु पनि छन नेपालभित्रै भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्ला ?
युद्ध की शान्ति ? सबैले रोज्ने विषय न्यायपूर्ण, समतामुलक समाज निर्माण सहितको शान्ति ।

त्यही बाटोमा तत्कालिन माओवादी पार्टी आएको कतिपय एनजीओ आइएनजीओको आड भरोसामा रहेका र बाँचेकाहरुलाई पाच्य हुने कुरै थिएन । देश युद्धमा गए, त्यही युद्धका क्रममा भएका एकाध घटनालाई ओल्टाईपल्टाई गर्न पाए र त्यसैलाई आफनो कमाईको भाडो बनाउन पाए भन्ने केही मान्छेलाई लाग्नु स्वभाविक पनि छ । त्यस्तै मध्येका एक पात्र हुन्– आफुलाई वरिष्ठ अधिवक्ता बताउने दिनेश त्रिपाठी । उनलाई माओवादी शान्ति प्रक्रियामा आएको पटक्कै चित्त बुझेको छैन् । माओवादी युद्धका क्रममा घटेका द्धन्द्धकालिन मुद्दाहरु ओल्टाउने पल्टाउने धन्दा उनको अहिलेको दैनिकी नै हो भन्दा पनि हुन्छ ।

उनले अहिले सभामुख अग्नि सापकोटाका विरुद्ध सर्वाेच्चमा रिट दर्ता गराएका छन् ।  अदालतमा कही कतै मुद्दा नै नरहेका सभामुख सापकोटालाई सभामुख हुन रोक्न र पक्राउ गर्न माग गदै उनी सर्वाेच्च अदालत पुगेका थिए । उनको रिटमा हिजोबाट सुनुवाई जारी छ । हिजो हेर्दाहेदै रहेपछि आज पनि मुद्दा अदालतमा जारी छ । यी त्रिपाठी नेपाली काँग्रेसका नेता पनि हुन् । शान्ति तत्कालिन राज्यपक्षमा रहेकाको पक्षमा मात्र हुने वकालत गर्छन् यी त्रिपाठीहरु ।

पूर्व नियोजित धारणाका आधारमा उनीहरु चल्ने गरेका छन् । देशभित्र उनीहरुले एउटा नियोजित गुप्र नै बनाएका छन् । जसलाई यद्धका बेला माओवादीले घटाएका घटनाका मात्र याद हुन्छ । त्यही राज्यले गरेको अत्याचारका विषयमा कुनै चिन्ता उनीहरुलाई लाग्दैन् । घटनाबारे केही बुझ्दै नबुझि माओवादीको मान्छे हो भन्ने वित्तिकै पक्राउ गर्न सर्वाेच्चमा बारम्बार मुद्दा हाल्न दौडिने त्रिपाठीको नियत देखिन्छ । त्यही प्रवृत्ति उनले फेरि दोहोराएका छन्, सभामुख अग्नि सापकोटामाथी सर्वाेच्चमा रिट हाल्न पुगेर ।

विगत २५ वर्षदेखि आफुलाई न्याय क्षेत्रमा मानवअधिकार, कानुनी शासन तथा दण्डहीनताको अन्त्यका लागि क्रियाशील रहेको बताउने गरेपनि त्रिपाठीको गतिविधि हेर्दा उनी विदेशवाट कसरी पैसा झार्ने र आफनो मेसोमेलो चलाउने भन्नेमै बढी ध्यान केन्द्रीत गर्ने मध्येका पात्रमा पर्छन् । अमेरिकाको युनिभर्सिटी अफ बाल्टिमोरबाट एलएलएम गरेका त्रिपाठी साउथ एसियन्स फर ह्युमन राइटको सदस्य पनि छन् ।

युद्धकालका घटनाको छुटै अध्ययन गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन  छ । त्यसले गर्ने न्यायिक निरुपण उनलाई मन परेको छैन । आफुलाई कानुनका पक्षपाती बताउने तर संविधानले नै ब्यवस्था गरेका आयोगहरुलाई अस्वीकार गर्ने र एकतर्फी न्याय र शान्तिका पक्षमा हिडने त्रिपाठीको कुनियत पूर्वाग्राही न्यायभित्र छचल्किरहेको छ । 

यिनको नियतलाई एकपल्ट यसरी हेरौं :
एमाओवादी र एमालेबीच भएको जनयुद्धकालीन मुद्धा खारेज गर्ने प्रतिबद्धतासहितको नौ बुँदे सम्झौता आम मान्छेका लागि शान्ति प्रक्रियाको एउटा गोरेटोको रुपमा स्वीकार्य भयो । तर त्यो उनलाई मन परेन् । उनलाई मन नपुर्न भित्र अन्य कारण केही होइन, त्यसलाई उचाल्न पाए विदेशवाट डलर झार्न पाइन्छ की भन्ने एक मात्र सोच ।

उनी त्यसबेला सर्वाेच्चमा रिट हाल्न पुगेका थिए । तर उक्त रिटलाई सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायधिश शुशीला कार्कीको एकल इजलाशले खारेज गरिदियो । उनी पुनः प्रचण्डले अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गर्न पुगे । उनले प्रचण्डले अदालतलाई परिवर्तनको पक्षमा खडा हुन गरेको आग्रहलाई अदालतको मानहानी ठाने र कार्वाही गराउन मुद्धा दर्ता गर्न पुगे । उनले माओवादी प्रति राखेको पूर्वागह्री सोच र त्यसलाई आफ्नो खेतीपातीको मेसो बनाउने उनको अनेक धन्दा एकपछि अर्काे मुद्धामा जोडिदै आउन थाल्यो । त्यसैमध्येको अर्काे घटना हो, बालकृष्ण ढुंगेल प्रकरण पनि ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको घटनामा उनले त्यसै गरे । ओखलढुंगाका नेता बालकृष्ण ढुंगेलका विरुद्ध उनी पटक पटक अदालत गए । अहिले सापकोटका विरुद्ध उनी अदालत गईरहेका छन् । उनले जति मुद्दा हेरे, अदालत गए, त्यसमा उनी माओवादी नेता कार्यकर्ताकै मुद्दा खोजी खोजी जाने गरेका छन् । तर उनलाई माओवादी माथी भएका यातना, हत्याका विषयले कहिल्यै छोएन् । न उनलाई तत्कालिन राज्यले गरेको दिलबहादुर रम्तेलको हत्याले कहिल्यै मन छोएको छ, न साउनेपानीको सामूहिक हत्याकाण्ड आउँछ न दोरम्बा, न वाफिकोट हत्याकाण्ड आउँछ न अनेकोट ।

२०५२ फागुन १५ गते नै भएको मेलगौरी सामुहिक हत्याकाण्ड त उनको दिमागमै पुग्दैन । किन ? न जाजजरकोट किसान हत्याकाण्ड आउँछ न कौवाघारी । न जोगिमारा आउँछ, न भैरवनाथ शिवपुरी हत्याकाण्ड आउँछ न गौर राइसमिल । उनी दिमागमा उज्जनकुमार र अर्जुन लामामा अल्झिएर बाँकि दर्जनौं नरसंहारलाई पीठ देखाइरहेका छन् । नत्र सुन्नुभएको छ कसैले ती हत्याकाण्ड र बेपत्ताका आरोपीविरुद्ध उनले बोलेको र अदालत पुगेको ?

यस अर्थमा पनि उनी स्वार्थ समुहबाट डलरको खेतीपातीका लागि मात्र नियोजित रुपमा अदालत पुग्ने एक पात्र हुन भन्दा अन्यथा नलाग्ने कानुन ब्यवसायीकै बीचमा चर्चा हुन्छ । टाउकोमा कालो भादगाउँले टोपी, हातमा कालो ब्याग लिने र कालोकोट लगाएर हिंड्ने घोप्टे जुँगा भएका करिब ५ फिट उचाइका त्रिपाठीको नियतले देखिन्छ, उनी पेशाले कानुन व्यवसायीको आवरणमा छन ।

तर गुप्त कोठमा उनी अधिवक्तामात्रै नभई तत्कालिन माओवादीविरुद्ध निरन्तर अभियान चलाउने एक राजावादी वकिल पनि हुन् । बेलाबेलामा चर्चामा आइरहन रुचाउने उनी डलरको खेतीपातीकै लागि माओवादी नेता कार्यकर्ताको मुद्दा मात्र ओल्टाईपल्टाई गर्ने खेलोमेसोमा लागिरहने पात्र हुन  ।
 

प्रतिक्रिया दिनुहोस