काठमाडौँ । काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माको भनाइको जवाफ मागेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले ठूलो धक्का आउँदैछ रे नेपालमा, कहाँबाट आउँदैछ यो हामीले पनि थाहा पाउनुप¥यो भन्दै प्रधानमन्त्री ओलीसँग जवाफ मागेका थिए ।
‘प्रधानमन्त्रीजीले धक्काको कुरा गर्नुभएको छ, धक्का भनेको के धक्का हो यो रु कहाँबाट आउने धक्का हो, यो यहीँ सोध्न मिलिहाल्यो’बैठकमा देउवाले भनेका थिए ।
उनले अगाडि भने, ‘नेपालमा कसले धक्का दिन सक्छ, हामी पनि हेरौँ, त्यसकारण धक्का कसले दिएको छ प्रधानमन्त्री बोल्नु भएको छैन ।’
प्रधानमन्त्री ओलीले देउवा बोल्नुअघि प्रतिनिधि सभाको बैठकमा भ्रमण वर्षको सुरुमा हामीलाई प्राकृतिक धक्काहरु आउन थालेको बताएका थिए ।
यसअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागिएको तर सुरुवातमै केही धक्का देखिएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ माघ २०७६, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा