गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, १६ : ०१
गायिका आस्था राउत  ४ हजार धरौटीमा रिहा

काठमाडौं । गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको  हो । 

गायिका राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।

गायिका राउतलाई माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । 

श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

राउतले त्रिभुवन विमानस्थलमा आफूमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा भिडियोमार्फत प्रहरी संगठनमाथि नै आक्षेप लगाएकी थिइन् । उनले भिडियो विवादमा आएपछि डिलिट गरेर माफी मागेकी थिइन् । 

यो पनि
गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

प्रतिक्रिया दिनुहोस