मार्तडी । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडाँैले जनाएको छ ।
भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपु¥याएको बताउनुभयो । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन् ।
जिल्लामा पटक÷पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १४ माघ २०७६, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी केन्द्रबिन्दु भएर मध्यरातमा ५.१ म्यानिच्यूडको भूकम्प
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
बारपाकीले बिर्सन नसकेका भूकम्प
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
रुकुम पूर्वमा भूकम्पको धक्का