केकी अधिकारी भोजपुरी गीतको म्युजिक भिडियोमा (भिडियोसहित)

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, १५ : ०७
केकी अधिकारी भोजपुरी गीतको म्युजिक भिडियोमा (भिडियोसहित)

काठमाडौं । अभिनेत्री केकी अधिकारीले भोजपुरी गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । 

भोजपुरीकी चर्चित गायिका इन्दु सोनालीको नयाँ गीत ‘हमनिके भागिया’को म्युजिक भिडियोमा अभिनेत्री केकीले मोडलिङ गरेकी हुन् । भिडियोमा केकीसँग विजय यादव निर्बिजको समेत अभिनय रहेको छ । भिडियोमा केकी भोजपुरी लुक्समै देखिएकी छन् । 

उपेन्द्र सहानीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीतको म्युजिक भिडियोमा केकीलाई उतार्ने काम निर्देशक पुर्णेन्द्रु झाले गरेका हुन् । 
 

 

प्रतिक्रिया दिनुहोस