पोखरा विमानस्थलबाट गोलीसहित एक जना पक्राउ

रासस

आइतबार, १२ माघ २०७६, १६ : ३७
पोखरा  विमानस्थलबाट गोलीसहित एक जना पक्राउ

पोखरा । पोखरा विमानस्थलबाट गोलीसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका ४० वर्षिय जितु शाही रहेको प्रहरीले खुलाएको छ । यति एअरको उडानबाट काठमाडौं जान लागेका शाहीले बोकेको झोलालाई एक्सरे मेशिनले चेकजाँच गर्दा २२ बिओआर राइफलमा प्रयोग हुने २९ राउन्ड गोली फेला परेको प्रहरीले उल्लेख गरेको छ । 

शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस