अत्यधिक बर्षाका कारण ब्राजिलमा १४ जनाको मृत्यु

एजेन्सी

आइतबार, १२ माघ २०७६, १५ : ०८
अत्यधिक बर्षाका कारण ब्राजिलमा १४ जनाको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । 
मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्यु भएको नागरिक रक्षा मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार अरु सात जना घाइते भएका छन् भने २५ सय ९० जना विस्थापित भएका छन् । त्यसैगरी ९ सय ११ जनालाई अस्थायी शिविरमा राखिएको छ । 

ब्राजिलको राष्ट्रिय मौसम तथा जलवायुसम्बन्धी कार्यालयले मिनास गेरैस राज्यको राजधानी बेलो होराईजोन्टमा शुक्रबारको पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर बर्षा भएको जनाएको छ ।  
कार्यालयका अधिकारीहरुका अनुसार विगत ११० बर्षभरीमा बर्षासम्बन्धी यो विवरण अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । (रासस-सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस