काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विहिबार नयाँ भिषा नियम प्रकाशित गरेर ‘गर्भ पर्यटन’माथि कडा प्रावधान ल्याएको छ ।
यो कानुन विदेशी महिलाले अमेरिका पुगेर बच्चा जन्माउने अभ्यासलाई निरुत्साही गर्ने उदेश्यले ल्याइएको हो । अमेरिकाको संविधानले अमेरिकी जमिनमा जन्मिएका बच्चाले स्वत अमेरिकी नागरिकता पाउने लेखेको छ ।
यस संवैधानिक व्यवस्थालाई टेकेर विश्वका कैयौ देशका दम्पती बच्चा जन्माउने बेला अमेरिका घुम्न जाने र त्यहाँ गएर अस्पतालमा बच्चा जन्माएर नागरिकताको प्रत्याभुती गराएर फर्कन्छन् ।
अमेरिकाको कानुनले यस अभ्यासलाई अवैध भनेको छैन । तथापि सरकारले कहिलेकही गर्भ पर्यटकलाई ठूलो स्तरमा संचालन गर्नेहरुलाई पक्राउ गर्ने गथ्र्यो ।
सरकारको कारबाहीका बावजुद अमेरिकामा ‘गर्भ पर्यटन’ले ठूलो व्यवसायको रुप लिएको छ । यो व्यवसायमा संलग्न कम्पनीले विदेशी महिलालाई अमेरिका ल्याउने, अमेरिकामा बसोबासको क्रममा होटेल दिलाउने र चिकित्सा सेवाको प्याकेज नै दिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ