काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विहिबार नयाँ भिषा नियम प्रकाशित गरेर ‘गर्भ पर्यटन’माथि कडा प्रावधान ल्याएको छ ।
यो कानुन विदेशी महिलाले अमेरिका पुगेर बच्चा जन्माउने अभ्यासलाई निरुत्साही गर्ने उदेश्यले ल्याइएको हो । अमेरिकाको संविधानले अमेरिकी जमिनमा जन्मिएका बच्चाले स्वत अमेरिकी नागरिकता पाउने लेखेको छ ।
यस संवैधानिक व्यवस्थालाई टेकेर विश्वका कैयौ देशका दम्पती बच्चा जन्माउने बेला अमेरिका घुम्न जाने र त्यहाँ गएर अस्पतालमा बच्चा जन्माएर नागरिकताको प्रत्याभुती गराएर फर्कन्छन् ।
अमेरिकाको कानुनले यस अभ्यासलाई अवैध भनेको छैन । तथापि सरकारले कहिलेकही गर्भ पर्यटकलाई ठूलो स्तरमा संचालन गर्नेहरुलाई पक्राउ गर्ने गथ्र्यो ।
सरकारको कारबाहीका बावजुद अमेरिकामा ‘गर्भ पर्यटन’ले ठूलो व्यवसायको रुप लिएको छ । यो व्यवसायमा संलग्न कम्पनीले विदेशी महिलालाई अमेरिका ल्याउने, अमेरिकामा बसोबासको क्रममा होटेल दिलाउने र चिकित्सा सेवाको प्याकेज नै दिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग छोड्ने मस्कको संकेत