नेपालमा कोरोना भाइरसको संक्रमण फेला

पत्रपत्रिकाबाट

शनिबार, ११ माघ २०७६, ०७ : ३६
नेपालमा कोरोना भाइरसको संक्रमण फेला

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । करीब दुई साता अघि चीनको वुहान शहरबाट नेपाल आएका एक चिनियाँ नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जनाएको छ । वुुहानबाट करीब दुई साता अघि एक विद्यार्थी नेपाल आउनुभएको थियो । उहाँलाई आफैं संक्रमणको आशंका लागेपछि शुक्रराज ट्रपिकल अस्पताल पुग्नुभएको थियो ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भन्नुभयो, “चार दिनसम्म निगरानीमा राखेर रगतको नमूना लिएर उहाँलाई घर पठाएका थियौं, एक सातापछि नमूनाको प्रतिवेदन आउँदा उहाँमा संक्रमणको पुष्टि भएको हो ।”

कोरोनाको संक्रमित ३१ वर्षीय चीनको वुहान शहरका उक्त ब्यक्तिको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङस्थित राष्ट्रिय प्रयोगशालाले रगत परीक्षणपछि उहाँमा संक्रमणको पुष्टि गरेको हो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।