तुम्बाहाम्फेलाई क्वार्टर छोड्न प्रधानमन्त्रीले किन रोके ?

पूल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएकी निर्वतमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई तत्काल निवास नछोड्न प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, ०८ : ५९
तुम्बाहाम्फेलाई क्वार्टर छोड्न प्रधानमन्त्रीले किन रोके ?

काठमाडौं । डा. शिवमाया तुम्बाहाम्फेले चार दिन यता राजसंस्था फालिएपनि पार्टीभित्रको पितृसत्ता फाल्न नसकेको भन्दै आफ्नै  पार्टी नेकपाका अध्यक्षद्दय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक चुनौति दिदै हिडेकी छिन् । सभामुखमा आफु महिला भएकै आधारमा अवसर नदिएको बताउँदै उनले ६ माघमा उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।

सामान्यतयाः सार्वजनिक पदबाट राजीनामा दिएपछि आफुले उपभोग गरेका सेवा सुविधा छोडनुपर्ने हुन्छ । तर डा. तुम्बाहाम्फेलाई उनी बस्दै आएको सरकारी निवास नछोड्न प्रधानमन्त्री स्यवंले निर्देशन गरेका छन् । अखिर किन ? उनी मन्त्री क्वार्टर पूल्चोकमा बस्दै आएकी छिन् । पद छोडेपछि नियमत उनले आफु बस्दै आईरहेको सरकारी क्वार्टर छोडने तयारी गर्नुपर्ने हो ।

याँ डेरा सर्ने तयारीमा उनी जुट्नु पर्ने हो । तर उनले आफनो क्वार्टर छोड्ने कुनै सुरसार नै गरेकी छैनन् । उनी निकट नेतृहरु भन्छन्,–‘प्रधानमन्त्रीले नै तत्काल क्वार्टर छोडि नहाल्न निर्देशन गरेकोले नै उहाँ (तुम्बाहाम्फे)ले पूल्चोकको सरकारी निवास नछोडनु भएको हो ।’ उपसभामुखबाट राजीनामा दिदाँसम्म उनलाई प्रधानमन्त्रीले क्वार्टर नछोड्न गरेको निर्देशनभित्र उनलाई मन्त्री बनाइन लागिएको हुन सक्ने अनुमान मन्त्री क्वाटरभित्र बस्ने अन्य मन्त्रीहरुले गर्न थालेका छन् ।

‘क्वार्टर नछोडनु भनेर प्रधानमन्त्रीबाटै आदेश आउनु भनेको उहाँलाई मन्त्री बनाउन लागिएको भन्ने अर्थमा बुझ्नु पर्ने हुन्छ,’ उनी निकट नेतृहरु बताउँछन् । तुम्बाहाम्फेलाई उपसभामुखवाट राजीनामा दिएपछि मन्त्री बनाउने चर्चा पहिले देखि नै चल्दै आएको थियो । स्यवं तुम्बाहाम्फेले पनि मन्त्री बनाउन लागिएको कुरामा खास जवाफ दिएकी छैनन ।

प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग तत्कालिन माओवादीको कोटामा परेका मन्त्रीका भागबाट तुम्बाहाम्फेलाई मन्त्री बनाउन प्रस्ताव गरेको समाचार यस अगाडी सार्वजनिक भएका पनि थिए । तर प्रचण्डले पूर्व माओवादीको भागवन्डामा परेका मन्त्रीवाट नभई अन्यत्र विकल्प खोज्न आग्रह गर्दै ओलीको त्यो प्रस्ताव नमानेको समाचार यस अगाडी नै सार्वजनिक भईसकेका छन् 

अहिले क्याविनेटमा कानुन न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालय खाली छ । कानुनमा स्वास्थ्यमन्त्री भानुभत्तः ढकाल र शहरीमा सञ्चारमन्त्री गोकुल वास्कोटाले अहिले दोहोरो जिम्मेवारी सम्हालिरहेका छन् ।  सभामुख निर्वाचन लगत्तै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बिस्तारको तयारीमा देखिन्छन् ।

तुम्बाहाम्फेलाई त्यही बेला प्रधानमन्त्रीले कानुन मन्त्रालयको जिम्मेवारी दिन खोजेका हुन सक्ने अनुमान अहिले लगाउन थालिएको छ । तुम्वाहाम्फेका नीजि सचिवालयका एक सदस्यले सफलखबरसँग भने, उहाँले आफु बस्दै आएको निवास छोड्ने तयारी थाल्नुभएको थियो, तर प्रधानमन्त्रीको सचिवालयबाट तत्काल निवास नछोड्न निर्देशन आयो, त्यसपछि हामी अहिले रोकिएका छौं, त्यही भएर पनि उनलाई प्रधानमन्त्रीले क्वार्टर नछोड्न निर्देशन गरेको हुनसक्ने बताईएको छ ।

प्रधानमन्त्रीले राजपासँग प्याकेज सहमतिको लागि छलफल चलाईरहेका कारण अबको क्याविनेटमा एक मन्त्री, एउटा उपसभामुख राजपालाई दिएर सरकारमा ल्याउने भगिरथ प्रयास भईरहेको छ । तर यो कत्तिको सार्थक  हुन्छ त्यो भने केही दिनमै पटाक्षेप हुने नै छ ।
 

प्रतिक्रिया दिनुहोस