काठमाडौं । देशको सातवटै प्रदेशमा बिहीबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कुल १८ पदमध्ये १६ पदमा विजयी भएर नयाँ कीर्तिमान कायम गरेको छ ।
यस निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी नेपालले दुई पदमा विजय हासिल गरेको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका अन्य दलले कुनै प्रदेशमा विजय प्राप्त गर्न सकेनन् । नेपाली कांग्रेसले प्रदेश २ मा समाजवादी दलसँग गठबन्धन गरे पनि दुवै दललाई सफलता मिलेन ।
नेकपाले बिदा हुन लागेका नौ सांसदको पदलाई सुरक्षित राख्दै थप आठ पद थपेको छ । यस निर्वाचनमा नेकपाले प्रतिशतको हिसाबमा ८८ र राजपाले ११ प्रतिशत पदमा जित हासिल गरेका छन् । नेपालको राजनीतिक इतिहासमा निर्वाचनमा भाग लिएर कुनै पदमा एक स्थान पनि प्राप्त गर्न नसेर कांग्रेसले पनि नयाँ कीर्तिमान कायम गरेको छ ।
काँग्रेसले अब विदाइ हुन लागेका सात सांसदको सबै पद गुमाएको छ । यद्यपि यस निर्वाचनमा सबै प्रदेशमा कांग्रेस मुख्य प्रतिस्पर्धी रहेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० माघ २०७६, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा