हारेर काँग्रेसको नयाँ कीर्तिमान

पत्रपत्रिकाबाट

शुक्रबार, १० माघ २०७६, ०८ : १६
हारेर काँग्रेसको नयाँ कीर्तिमान

काठमाडौं । देशको सातवटै प्रदेशमा बिहीबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कुल १८ पदमध्ये १६ पदमा विजयी भएर नयाँ कीर्तिमान कायम गरेको छ ।

यस निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी नेपालले दुई पदमा विजय हासिल गरेको छ । यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका अन्य दलले कुनै प्रदेशमा विजय प्राप्त गर्न सकेनन् । नेपाली कांग्रेसले प्रदेश २ मा समाजवादी दलसँग गठबन्धन गरे पनि दुवै दललाई सफलता मिलेन ।

नेकपाले बिदा हुन लागेका नौ सांसदको पदलाई सुरक्षित राख्दै थप आठ पद थपेको छ । यस निर्वाचनमा नेकपाले प्रतिशतको हिसाबमा ८८ र राजपाले ११ प्रतिशत पदमा जित हासिल गरेका छन् । नेपालको राजनीतिक इतिहासमा निर्वाचनमा भाग लिएर कुनै पदमा एक स्थान पनि प्राप्त गर्न नसेर कांग्रेसले पनि नयाँ कीर्तिमान कायम गरेको छ ।

काँग्रेसले अब विदाइ हुन लागेका सात सांसदको सबै पद गुमाएको छ । यद्यपि यस निर्वाचनमा सबै प्रदेशमा कांग्रेस मुख्य प्रतिस्पर्धी रहेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस