अग्निले नेम्वाङलाई त्यसरी किन भेटे सिंहदरबारमा ?

बुधबार दिउँसो सिंहदरबारमा अग्नि सापकोटा र सुवास नेम्वाङबीच झण्डै दुई घण्टा छलफल

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, ०९ : ५४
अग्निले नेम्वाङलाई त्यसरी किन भेटे सिंहदरबारमा ?

काठमाडौं । प्रतिनिधीसभाको सभामुखमा नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा एक्ला उम्मेदवार छन् । १२ माघको दिउँसो ३ बजे बस्ने संसद बैठकले सापकोटालाई अबको तीन वर्षका लागि सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।

संसदकै कर्मचारीमाथी बलात्कार प्रयास गरेको आरोप लागेपछि निर्वतमान सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएपछि त्यसयता संसदमा सभामुख छैन् । पार्टीभित्रकै लामो रस्साकस्सीपछि सभामुखमा नेकपाबाट सापकोटाले बाजी मारेका थिए । ७ माघमा उनले सभामुखमा उम्मेदवारी दिएपछि सापकोटा अहिले संसद सञ्चालनका विषयमा आवश्यक राय सुझाव संकलनमा जुटिसकेका छन् ।

उनले ‘सदाबहार’ सभामुख जस्तै बनेका र यसपटक पनि सापकोटासँगै आकाक्षी रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग सिंहदरवारमा संसदीय अनुभवका वारेमा लामो कुराकानी गरेका छन् । उनीहरुबीच झण्डै दुई घण्टा कुराकानी भएको छ । बुधबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा रहेको नेम्वाङको कार्यकक्षमै पुगेर सापकोटाले उनीसँग संसदीय अनुभवका बारेमा छलफल गरेका थिए ।

‘सामान्य संसदीय अनुभवहरुका विषयमा आदानप्रदानको कुरा हो,’ नेम्वाङले सापकोटासँगको छलफलपछि भने,–‘सभामुखमा उहाँ (सापकोटा) निर्विरोध भईसक्नुभएको छ । मात्र औपचारिक घोषणा बाँकी छ । उहाँ राय सुझावका लागि आउनुभएको थियो, त्यस्तै अनुभव आदानप्रदानमा रहेर कुराकानी भयो ।’ नेम्वाङ स्यवं सापकोटाको उम्मेदवारका प्रस्तावक छन् । सापकोटाले भने सामान्य परामर्शका कुरा मात्र भएको प्रतिक्रिया दिए ।

‘संसदको गरिमा र ओज उच्च राख्ने गरी म भूमिका खेल्नेछु,’ सापकोटाले संक्षिप्त प्रतिक्रियामा भने,–‘यस विषयमा पहिले निर्वाचित भएपछि बोलौला ।’ सापकोटाले नेम्वाङस“ग मात्रै होइन, अन्य संसदका अनुभवी नेताहरुस“ग पनि संसद सञ्चालन देखिका कामका विषयमा अनुभव आदानप्रदान गर्ने र राय सल्लाह लिने काम गर्ने योजना बनाएका छन् । 

उनी निकट एक नेताले भने,–सबैस“गको परामर्शका आधारमा उहा“ले संसदमा आप्mनो भूमिका निर्वाह गर्नुहुनेछ । ७ माघमा उम्मेदवारी दर्ता गराएपछि आज हुन लागेको राष्ट्रिय सभाको चुनाव, बीचमा परेको ल्होसार पर्व लगायत परेका कारण १२ माघमा मात्र संंसदले सभामुख पाउने गरी निर्वाचन कार्यतालिका बनाएको थियो ।

त्यही कारण पनि यो बीचमा उनले अनुभवी नेताहरुस“गको राय सल्लाह र परामर्श थालेका हुन् ।’ सबैका अनुभव सुनेपछि संसद सञ्चालनका लागि सहजता आउनेछ, उहा“ अहिले त्यसैमा लागिरहनुभएको छ,’ सापकोटा निकट ति नेताले भने । 

सभामुख निवास लैनचौरमा ! 
सभामुख निवास बालुवाटारमा थियो । तर प्रधानमन्त्री निवास भत्काएर नया“ बनाउन लागेपछि सभामुख निवासमा अहिले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । तिमल्सिना बालुवाटारभित्रै रहेको मुख्य सचिवको निवासमा र मुख्य सचिवको निवासमा अहिले प्रधानमन्त्री केपी ओली बस्दै आएका छन् । 

नेपालस्थित भारतीय राजदुतावास अगाडी उपराष्ट्रपति बस्दै आएको स्थानमा उपराष्ट्रपति नन्दवहादुर पुन लैनचौरस्थित ग्रिन हाउसमा सरेपछि पर्यटन मन्त्री योगेश भटटराई त्यहा“ बस्दै आएका थिए । अब त्यही घरलाई सभामुख निवास बनाइने भएको छ । सभामुखमा निर्वाचित भएपछि सापकोटालाई त्यहा“ राख्ने गरि सरकारले तयारी थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस