काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहादुर रोकाया र धादिङका ३८ वर्षीय गणेश गुरुङलाई आज दिउँसो पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले लिखित परीक्षमा पास गरिदिने भन्दै रु दुई हजार लिएकाले पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूमा पठाएको महाशाखाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ माघ २०७६, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन