मुम्बई । मानिसहरु पुण्य कमाउनका लागि दान गर्दछन् । तर के कसैले पुण्य कमाउने नाममा ३५ किलो सुन दान गर्न सक्छ ? भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन् ।
दिल्लीका ती श्रद्धालुले हालै मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन् ।
मन्दिरको २१९ वर्षको इतिहासमा एकै व्यक्तिले यतिधेरै परिमाणमा धन दान गरेको यो पहिलो पटक हो । मन्दिर व्यवस्थापन अधिकारीहरुका अनुसार सिद्धिविनायक मन्दिरमा १५ देखि १९ जनवरीसम्म मर्मत तथा सिन्दुर लेपनको काम गरिएको छ ।
उक्त मन्दिरको ट्रस्टका अध्यक्ष आदेश बांदेकरले जनाए अनुसार दानमा प्राप्त भएको ३५ किलो सुनलाई मन्दिरको ढोका, छाना, गजुरलगायतमा प्रयोग गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिले ३५ किलो सुन दान गर्ने व्यक्तिको परिचय खुलाएको छैन ।
बांदेकरका अनुसार सन् २०१७ मा मन्दिरलाई कुल ३२० करोड रुपैयाँ बराबर दान प्राप्त भएको थियो । सन् २०१९ मा ४१० करोड रुपैयाँ दान प्राप्त भएको जनाइएको छ ।
यो मन्दिर १९ नोभेम्बर १८०१ मा निर्माण भएको थियो । त्यतिबेला सानो आकारमा रहेको मन्दिर हाल भौतिक संरचना विकास गर्दै ठूलो बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ माघ २०७६, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर