ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक लगाएर कारवाही गरेपछि...

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, १५ : ५५
ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक लगाएर कारवाही गरेपछि...

काठमाडौं । ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले अनामनगरमा  प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सडक ढाकेर पार्किङमा राखेकाले उक्त गाडीमा लक लगाइएको बताए । उनले भने, ‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं ।’

सो गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस