श्रीकृष्ण मन्दिर जिरौनाको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

सोमबार, २९ माघ २०७४, १७ : २८
श्रीकृष्ण मन्दिर जिरौनाको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

चितवन । स्थानीयको मुठीदानबाट चितवनको रत्ननगरमा कृष्ण प्रणामीको निर्माण भएको छ । श्रीकृष्ण प्रणामीको कलात्मक मन्दिर नेपालकै पहिलो भएको मन्दिर व्यवस्थापन समितिले दाबी गरेको छ । 
मन्दिर भित्र र बाहिर विभिन्न देवी देवताका कलात्मक तस्वीरहरु कुँदिएका छन् । भारतवाट ल्याइएको कालिगढहरुले १२ वर्ष लगायर कलात्मक शैलीको मन्दिर बनाएका हुन ।
प्रणामीहरुले दैनिक संकलन गर्दै आएका मुठिदानवाट यो मन्दिर निर्माण गरिएको हो । दैनिक रुपमा ६ सय प्रणामीहरुले मुठिदान गर्दै आएका छन् । मुठिदान बाहेक रत्ननगर नगरपालिका र चितवनको क्षेत्र नं. १ का सांसदहरुले विनियोजन गरि दिएको केही रकमले मन्दिर निर्माणमा खर्च गरिएको छ । पाँच करोड रुपैयाँ खर्च गरेर निमार्ण भइरहेको श्रीकृष्ण प्रणामीको कलात्मक मन्दिरको फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम छ । रत्ननगर नगरपालिको वडा नं. ११ स्थ्ति जिरौनामा निर्माण गरिएको मन्दिरको आफ्नो आफ्नो स्थापना भएको ५० वर्षको अवसरमा मन्दिरको उद्घाटन गर्न लागिएको हो ।


मन्दिर उद्घाटन संगै सप्ताहाव्यापी कार्यक्रम गरेर मन्दिरले स्वर्ण महोत्सव मनाउने तयारी गरिएको श्रीकृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराज शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटन पूर्व फागुन ५ गतेदेखि श्रीमत् तारतमसागर १०८ पाठपारायण ज्ञान महायज्ञ संचालन गरिने छ । महायज्ञ फागुन १२ गते सम्म चल्ने छ ।
 श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य जगतगुरु श्री १०८ कृष्णमणिजी महाराजश्री प्रमुख अतिथि रहनुहुने महायज्ञमा नेपाल, भारत लगायत अन्य राष्ट्रका सन्त, गुरुजन लगायत एकलाख श्रद्धालु भक्तजनहरुको उपस्थ्ति रहने महायज्ञ आयोजक मूल समारोह समितिले जानकारी दिएको छ । 
महायज्ञ सफल बनाउन १ हजार ८ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने ३८ वटा विभिन्न उप–समितिहरु गठन भएका छन् । स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिने सप्ताहा कार्यक्रममा झण्डै ४५ लाख रुपैयाँ खर्च हुने मूल समारोह समिति संयोजक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस