प्रदर्शनले उग्र रुप लिएपछि सिन्धुपाल्चोकमा कर्फ्यू

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, ०८ : ३७
प्रदर्शनले उग्र रुप लिएपछि सिन्धुपाल्चोकमा कर्फ्यू

file photo

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबार कर्फ्यू आदेश जारी गरेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयले स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि कफ्र्यु आदेश जारी गरिएको होृ ।

कार्यालयका अनुसार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि र्कफयु लगाइएको हो । बाह्बिसे बजारदेखि पूर्वदिशा ३ सय मिटर, पश्चिम दिशा तर्फ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्रबिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म र्कफयु लगाइएको प्रशसनले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस