ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी त्रिशूलीमा हेलिए

पत्रपत्रिकाबाट

आइतबार, ०५ माघ २०७६, ०८ : २०
ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी त्रिशूलीमा हेलिए

काठमाडौँ । चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएको नागरिक दैनिकमा समाचार छ ।

खोलबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ–दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरुसित मर्ने योजना बनाएको जानकारी दिए । पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हामफालेका थिए ।

संयोगले बाँचेका विनय अहिले इलाका प्रहरी कार्यालय गजुरी धादिङको नियन्त्रणमा छन् । प्रहरीलाई दिएको बयानमा उनले पछिल्लो सात–आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएको बताएका छन् । विनयलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रेग्मीले भने, ‘एक वर्षदेखि विजनेसमा डेढ करोड रुपैयाँको घाटा बेहोर्नुपरेपछि तनावैतनावमा दिन बिताउँदै आइरहेको थिएँ ।’

सापटी दिएकाहरुले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि ऋण तिर्न नसक्ने अवस्था आएकाले आत्महत्याको निर्णय लिएको विनयले प्रहरीसँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस