म्यानमार हुँदै खाडी लैजाने मानव तस्करीको नयाँ रुट

पत्रपत्रिकाबाट

आइतबार, ०५ माघ २०७६, ०८ : ११
म्यानमार हुँदै खाडी लैजाने मानव तस्करीको नयाँ रुट

काठमाडौं । मिजोरम र म्यानमार हुँदै खाडी लैजाने मानव तस्करीको नयाँ रुट तयार भएको छ । पछिल्लो समय मानव तस्करले नयाँ–नयाँ रुट प्रयोग गर्दै नेपाली महिलालाई कतार, साउदी अरब, कुवेत, बहराइनलगायत मुलुक पठाउने गरेका छन् ।

‘सीमा वारपार गर्न सजिलो भएकाले तस्कारले काठमाडौँ–मिजोरम–म्यानमार रुट प्रयोग गरिएको देखिन्छ,’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल भन्छन्, ‘मणिपुर र मिजोरममा नेपालीभाषीको बाक्लो बसोबासका साथै म्यानमारमा समेत नेपाली भाषी रहेकाले विभिन्न बहानामा सीमा वारपार गर्न सजिलो भएको देखिन्छ ।

दिल्ली विमानस्थलमा अध्यागमनलाई कडाइ गरिँदै ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिर्वाय गरिएको छ । पछिल्लो समय दलालले पैदल मार्गबाट म्यानमार पु¥याउने, श्रीलङ्का ट्रान्जिट बनाएर खाडी तथा मध्यपूर्वका देश पु(याउने काम हुँदै आएको उनको भनाइ छ । कान्तिपुरले यो खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस