"सुरक्षा चुनौती सामना गर्न फलदायी"

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, २१ : ३१
"सुरक्षा चुनौती सामना गर्न फलदायी"

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ सुरक्षा चुनौतीको सामना गर्न फलदायी हुने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज आयोजित समारोहमा महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुको क्षमता विकासमा सघाउ पुर्याएको बताए ।

उक्त कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गरिएको थियो । कार्यक्रममा खनालले सशस्त्र प्रहरी उपरीक्षक किरण ढुंगानालाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरे ।
खनालले सो अवसरमा उक्त कोर्ष पश्चात मध्यम तहका एपीएफ अधिकृतहरु भोलीका दिनमा व्यावसायिक क्षेत्रमा कुशल क्षमताकासाथ कार्यसम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गरे । उनले कार्यक्षेत्रमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न सो कोर्ष फलदायी रहने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत उक्त कोर्ष उपयोगी रहने बताए ।

उनले देशभर खटिएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा तथा सहयोग एवं आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा व्यावसायिक ढंगले कृयाशिल रहन निर्देशन समेत दिए ।  उनले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे ।

गत साल असोज २१ गतेबाट संचालित १६ महिना अवधिको कोर्षमा ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक गरी कुल ११ जना अधिकृतहरु सहभागी थिए । काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ सुरक्षा चुनौतीको सामना गर्न फलदायी हुने बताएका छन् ।  सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज आयोजित समारोहमा महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुको क्षमता विकासमा सघाउ पुर्याएको बताए ।

उक्त कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गरिएको थियो । कार्यक्रममा खनालले सशस्त्र प्रहरी उपरीक्षक किरण ढुंगानालाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरे ।

खनालले सो अवसरमा उक्त कोर्ष पश्चात मध्यम तहका एपीएफ अधिकृतहरु भोलीका दिनमा व्यावसायिक क्षेत्रमा कुशल क्षमताकासाथ कार्यसम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गरे । उनले कार्यक्षेत्रमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न सो कोर्ष फलदायी रहने चर्चा गर्नुहँुदै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत उक्त कोर्ष उपयोगी रहने बताए ।

उनले देशभर खटिएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवा, सुरक्षा तथा सहयोग एवं आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा व्यावसायिक ढंगले कृयाशिल रहन निर्देशन समेत दिए ।  उनले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे ।  गत साल असोज २१ गतेबाट संचालित १६ महिना अवधिको कोर्षमा ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक गरी कुल ११ जना अधिकृतहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस