चितवनको कृष्णपुर रेडक्रसमा ढकाल

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, १९ : २१
चितवनको कृष्णपुर रेडक्रसमा ढकाल

भरतपुर । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखामा कृष्णप्रसाद ढकाल निर्वाचित भएका छन् । विहिवार भएको निर्वाचनमा ढकालले रामराज पौडेललाई भारी मतले पराजित गरे । काँग्रेस निकट ढकालले ३ सय १६ मत ल्याएका थिए । ढकालको प्यानल नै विजयी भएको छ । पौडेलले १ सय ५० मत ल्याएका थिए । त्यस्तै अध्यक्षमा उम्मेदवार बनेका किरण अधिकारीले ६ मत मात्रै ल्याए ।

निर्वाचनले महिला उपाध्यक्षमा पदमा अमगाई ढकालले विष्णुकुमारी सुवेदीलाई पराजित गर्दै विजयी भईन । सचिवमा राजुबहादुर खनालले भक्तबहादुर बस्नेतलाई पराजित गरेर विजयी भएका छन । कोषाध्यक्षमा दिनेशराज वस्तिले बेदप्रसाद बजगाईलाई हराएर विजयी भए । उपसचिवमा रामचन्द्र चालिसेले र उपकोषाध्यक्षमा बुद्धिनाथ अधिकारील जिते । खुल्ला सदस्यबाट ईन्दीरा अधिकारी पराजुली , उदयकृष्ण अधिकारी , कृष्ण कंडेल , र राजेन्द्र पौडेल विजयी भए । महिला सदस्यमा सृजना ढकाल विजयी भएकी छिन ।

प्रतिक्रिया दिनुहोस