जिप्रका चितवनमा निःशुल्क परामर्श केन्द्र सञ्चालन, भरतपुर महानगर र प्रहरीबीच संझौता

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, १७ : ५३
जिप्रका चितवनमा निःशुल्क परामर्श केन्द्र सञ्चालन, भरतपुर महानगर र प्रहरीबीच संझौता

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा कानुनी तथा मनोसामाजीक निःशुल्क परामर्श केन्द्र सञ्चालनमा आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रुपमा आज सो केन्द्रको उद्घाटन गरेका हुन् । 

कार्यक्रमलाई संवोधन गर्दै महानिरीक्षक खनालले सुधार केन्द्रहरुको नाममा केही संस्थाहरुले बदमासी गरिरहेको बताएका छन । जिल्ला प्रहरी कार्यालयमा कानुनी तथा मनोसामाजीक निःशुल्क परामर्शको उद्घाटन गर्दै खनालले सुधार गर्नुको साटो उल्टै बिगार्ने काम गरिरहेको बताएका हुन् । 

नेपालमा लागुऔषध दुव्र्यवसन डरलाग्दो अवस्थामा पुगेको बताए । लागुऔषध प्रयोगकर्तालाई सुधार गर्ने बाहानामा केही संघ संस्थाले संख्या बढाउन प्रोत्साहन गरिरहेको भन्दै निगरानी गरिरहेको उल्लेख गरे । उनले भने ‘नेपालमा लागुऔषधको सबैभन्दा ठूलो उद्गम क्षेत्र भनेर प्रचार गर्ने र विदेशबाट पैसा ल्याएर खन्याउने र संख्या धेरै देखाउन बदमासी गरिहेका छन् ।’

तसकरहरुको ठूलो समूह रहेको भन्दै महानिरीक्षक खनालले यसलाई निस्तेज पार्न योजनाबद्ध रुपमा अघि बढेको बताए । सम्पूर्ण सुधार केन्द्रहरुलाई सरकारको निगरानीमा राखेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए । 

लागुऔषध समाजको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको बताउँदै खनालले सुचना दिएर सहयोग गर्न सबैलाई आग्रह गरे । उनले दुव्यवसनीलाई थुनेर मात्रै हुँदैन उचित परामर्श नभए पुनः प्रयोग गर्ने गरेको धेरै उदाहारण रहेको बताए । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले लागुऔषध नियन्त्रणका लागि महानगरले प्रहरीसँग सहकार्य गरेकोे बताइन् । उनले स्थानीय सरकारले सामाजिक विकृति नियन्त्रणका लागि कुनै कसर बाँकी नराखिएको बताइन् । 

लागुऔसध व्युरो प्रमुख बसन्त लामाले नेपालमा हरेक वर्ष लागुऔषद प्रयोगकर्ताको संख्या बढिरहेको बताएका छन् । नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु संचालन हुँदाहुँदै पनि प्रयोगकर्ताको संख्या बढिरहेको उल्लेख गरेका हुन् । 

केन्द्रको महानगर प्रमुख दाहाल र प्रहरी महानिरीक्षक खनालले उद्घाटन गरेका थिए । जिल्ला प्रहरी कार्यालय परिसरमा आजबाट सञ्चालनमा आएको परामर्श केन्द्रमा लागुऔषध प्रयोग, रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क परामर्श दिने जनाइएको छ । केन्द्र सञ्चालनका लागि भरतपुर महानगरपालिका र प्रहरीबीच दुइपक्षीय सम्भौता पनि भएको छ । 
 

प्रतिक्रिया दिनुहोस