बल्ल बल्न थाले काठमाडौँका सडकमा ट्राफिक लाइट

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ माघ २०७६, ०८ : ५२
बल्ल बल्न थाले काठमाडौँका सडकमा ट्राफिक लाइट

काठमाडौँ । राजधानीका सडक व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक बत्ती बाल्ने अभियान अगाडि बढाइएको छ । राजधानीलाई सुन्दर, सुरक्षित र ट्राफिक व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने कार्यसँगै बत्ती सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

राजधानीमा यातायातको उचित व्यवस्थापन गर्न सरकारले अभियान नै चलाउन लागेको बताउँदै उनले यसअन्तर्गत ट्राफिक बत्तीको व्यवस्थापन तथा सञ्चालन उपयुक्त ढङ्गबाट अभियान अगाडि बढाइएको जानकारी दिए ।

यस अभियानअन्तर्गत नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिंहदरबार क्षेत्र, पुतलीसडक (पद्मोदय मोडमा दुईवटा, तीनकुनेमा तीनवटा, पुतली सडक चोक, ललितपुरको महापाल चोक गरी एघारवटा ठाउँमा ट्राफिक बत्तीलाई व्यवस्थित गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी उनले दिए ।

ट्राफिक बत्ती व्यवस्थापन तथा सञ्चालनको पहिलो चरणको कार्यक्रमअन्तर्गत एघार ठाउँमा बत्ती सञ्चालनमा ल्याइएको जानकारी दिँदै ट्राफिक बत्ती सञ्चालनमा आएसँगै सडक जाम न्यून भएको छ भने सडक दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस