युएईमा १८ जना नेपाली चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी

विहीबार, ०२ माघ २०७६, २० : ४०
युएईमा १८ जना नेपाली चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं– संयुक्त अरब ईमिरेट्स (युएई)को राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ ।

आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । तर, मृत्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान खुलेको छैन ।

प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनामा परेको बसमा १८ जना नेपाली सवार रहेको विषय जानकारीमा आएको उल्लेख गरेका छन् । तर, दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने खुल्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस