चितवन । जिल्लाका पहाडी क्षेत्रमा लगाईएको सुन्तलामा जरा कुहिने समस्या देखा परेको छ । त्यसका कारण उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।
ज्ञानकेन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका अधिकांश सुन्तला बारीमा जरा कुहीने समस्या देखिएको हो । जिल्लामा २१५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । उहाँका अनुसार बिजु बिरुवामा (सुन्तलाको बीउबाट उम्रिएको) कारण यस्तो समस्या आएको हो । लामो समयदेखि एउटै खेती गरिरहँदा माटोमा हुने ढुसीका कारण यस्तो समस्या आउने उहाँले बताउनुभयो । इच्छाकामना गाउँपालिका–६ मा यो समस्या धेरै देखिएको उहाँले जानकारी दिनुभयो ।
सुन्तलामा जरा कुहिने समस्या देखिएपछि कार्यालयले आकस्मिक बाली संरक्षण सेवासमेत शुरु गरेको उहाँले जानकारी दिनुभयो । बिजु बिरुवाको ठाउँमा तीनपाते रुट स्टकमा कलमी गरिएका बिरुवाको प्रयोग गर्दा समस्यामा कमी आउने उहाँको भनाइ छ । कार्यालयले सुन्तलाको बिरुवामा समस्या देखिएपछि किसानलाई सुन्तला काँटछाँट गर्न, सुन्तलामा प्रयोग हुने बिषादी बोडोमिक्चर र बोडोपोष्ट बनाउने र प्रयोग गर्ने विधिबारे जानकारी दिने काम गरिरहेको छ ।
सुन्तलामा जरो कुहिने समस्या देखिएपछि तीनदेखि पाँच वर्ष अन्य नगदे बाली लगाएर माटोलाई पुरानो अबस्थामा ल्याउनुपर्ने ढकालले जानकारी दिनुभयो । यसले गर्दा माटोमा देखिएका समस्या समाधान हुने उहाँको भनाइ छ । गत वर्ष एक हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको यस जिल्लामा यस वर्ष भने यही समस्याका कारण उत्पादनमा धेरै कमी आउने उहाँले जानकारी दिनुभयो । अहिले कृषकले सुन्तला टिप्ने काम गरिरहेका कारण यतिनै घट्छ भन्न नसकिने उहाँले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ माघ २०७६, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
नवलपुरमा ९ करोडको सुन्तला उत्पादन
सुन्तला बिक्रीबाट पाल्पामा भित्रियो ५२ करोड ७६ लाख
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री